वि.सं:
नेपाल संवत: ११४५ ञलागा अष्टमी - २३
नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानवस्रोत विकास केन्द्र
शिक्षा विकास तथा समन्वय इकाइ, कास्की
नागरिक वडापत्र
सि.नं. |
सेवाको विवरण |
आवश्यक पर्ने कागजातहरु |
सेवा सुविधाको लागि आवश्यक पर्ने प्रकृया |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार कर्मचारी/शाखा |
कोठा नं |
सेवा प्रवाह गर्ने समय |
गुनासो सुन्ने अधिकारी |
|
१ |
विद्यालयहरूको वेरुजु फर्छ्यौट कार्य |
१. प्राविधिक(सम्वन्धित स्थानीय तहका प्राविधिक समेत)हरुले तयार गरेको कार्यसम्पन्न प्रतिवेदन, २. विव्यसको खर्च अनुमोदन गरेको तथा कार्य सम्पन्न भएको निर्णय प्रतिलिपि, ३. वील भरपाइ डोर हाँजिरी फाराम, ४ सम्वन्धित स्थानीय तहको योजना सम्पन्न भएको सिफारिश पत्र, ५. निर्माण भएको संरचनाको स्पष्ट देखिने रंगीन फोटोहरु, ६. कार्यसम्पन्न भएकोले फर्छ्यौट गर्नका लागि इकाइलाइ लेखेको विद्यालयको पत्र, ७. पुस्तकालय, आइसिटि र अन्य अनुदान सम्वन्धि वेरुजुको हकमा विव्यसको सामग्री खरिद तथा खर्च अनुमोदन निर्णय, कामसँग सम्वन्धित सामग्रीहरुको अभिलेख, सामान खरिदका बीलहरु, कामसँग सम्वन्धित तस्वीरहरु र वेरुजु फर्छ्यौट गर्नका लागि इकाइलाइ लेखेको विद्यालयको पत्र सहित निवेदन दिनुपर्ने । |
विद्यालयको आ व २०६९।०७० देखि आ व २०७४।०७५ सम्ममा विद्यालय भौतिक निर्माण सम्वन्धी परेको योजनाको लागि विद्यालयलाइ उपलब्ध रकमवाट निर्माण कार्य सम्पन्न भएको भएका तोकिएका आवश्यक कागजातहरु सहित र काम नभएको भएमा वेरुजु खातामा रकम जम्मा गरेको सक्कलै भौचर सहित फर्छयौटका लगि यस इकाइमा विव्यसको निर्णय प्रतिलिपि सहित फाइल पेश गर्नुपर्ने । |
नलाग्ने |
मलेप वाट सम्परीक्षण भएको १ हप्तापछि सम्परीक्षण प्रतिवेदन तथा फाइल सम्वन्धित विद्यालयलाइ फिर्ता गरिने । |
योजना तथा कार्यक्रम शाखा |
२ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
२ |
द्वन्द्वपीडित छात्रवृत्ति वितरण |
१. जिल्ला प्रशासन कार्यालयवाट द्वन्द्वपिडित राहत प्राप्त गरेको प्रमाणको प्रतिलिपी, २. बेपत्ता/घाइतेको नागरिकताको प्रतिलिपि र मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्रको प्रतिलिपि, ३. विद्यार्थीसँगको नाता प्रमाणित, ४. सम्वन्धित स्थानीय तहको सिफारिश, ५ अध्ययनरत विद्यालयको कक्षा खुल्ने सिफारिश, ६. सम्वन्धित विद्यार्थी वा संरक्षकको छात्रवृत्ति पाउनका लागि निवेदन, ७. सम्वन्धित विद्यार्थी र संरक्षकको बैंक खाता नं खुलेको चेकको फोटोकपि । |
आवश्यक कागजात सहित निवेदन पेश भएपछि जिल्ला छात्रवृत्ति व्यवस्थापन समितिको वैठकवाट छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरुलाइ छात्रवृत्तिका लागि निर्णय हुने तथा सम्वन्धित विद्यार्थी/संरक्षकको बैंक खातामा रकम जम्मा हुने । छात्रवृत्ति रकम १२ हजार देखि १८ हजारसम्म(वार्षिक) |
नलाग्ने |
जिल्ला छात्रवृत्ति व्यवस्थापन समितिको वैठकको निर्णय भएको १ हप्ताभित्रमा |
योजना तथा कार्यक्रम शाखा |
२ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
३ |
स्थायी शिक्षकको नियुक्ति |
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. शिक्षण अध्यापन अनुमतिपत्रको प्रतिलिपि ३. शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि ४. लिखित परीक्षाको प्रवेशपत्रको प्रतिलिपि |
तोकिएका कागजात सहित निवेदन दिनुपर्ने |
नलाग्ने |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
||
४ |
स्थायी शिक्षकको राजिनामा स्वीकृत |
१. सम्वन्धित शिक्षकको राजिनामाको लागि निवेदन २. विद्यालयको सिफारिश ३. स्थायी नियुक्ति तथा वढुवा नियुक्तिको प्रतिलिपि। |
तोकिएका कागजात सहित निवेदन दिनुपर्ने र सम्वन्धित शिक्षक सनाखतका लागि उपस्थित हुनुपर्ने |
नलाग्ने |
पेश भएकै दिन |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
५ |
स्थायी शिक्षकको असाधारण, बेतलवी र अध्ययन विदा स्वीकृत |
१. असाधारण वेतलवी र अध्ययन विदाका लागि सम्वन्धीत शिक्षकको निवेदन, २. विव्यसको निर्णय प्रतिलिपि, ३. विद्यालयको सिफारिस, ४. सम्वन्धित स्थानीय तहको सिफारिस, ५. अध्ययन विदाका लागि भर्ना भइ अध्ययनरत रहेको सम्वन्धित शिक्षण संस्थाको पत्र समेत संलग्न गर्नुपर्ने । ६. यस अगाडि यस प्रकृतिका विदा लिएको भएमा सो को विवरण खुल्ने कागजात । |
फाइल तयार गरी पेश गर्नुपर्ने |
नलाग्ने |
पेश भएको १ हप्ताभित्र |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
६ |
स्थायी शिक्षकको निबृत्तिभरणका लागि राष्ट्रिय कितावखाना(शिक्षक)मा फाइल पठाउने |
निवृतिभरण सुविधाका लागि आवश्यक पर्ने भनि राष्ट्रिय कितावखाना (शिक्षक)ले तोकेका कागजातहरु समावेश भएका दुईवटा फाइलमा निम्न कागजातहरु संलग्न गरी पेश गर्नुपर्ने १. नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिहरु, २. अध्यापन अनुमतिपत्र तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि, ३. स्थायी नियुक्तिपत्र सरुवा, रमाना, हाजिर भएको जानकारी, बढुवा नियुक्तिको प्रतिलिपिहरु, ४. अवकाश पत्र, ५. विद्यालयले राष्ट्रिय कितावखाना (शिक्षक)लाइ सम्वोधन गरी सवै विवरण खुलेको सेवा प्रमाणित पत्र, ६. प्रअले तयार गरी सम्वन्धित स्थानीय तहका शिक्षा अधिकृतवाट सिफारिश गरेको सञ्चित विरामी विदाको फाराम, ७. विरामी विदा अभिलेख पुस्तिकाको अन्तिम वर्षको पानाको प्रमाणित प्रतिलिपि । |
फाइल तयार गरी पेश गर्नुपर्ने । |
नलाग्ने |
पेश भएको भोलिपल्ट |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
७ |
शिक्षकको विरामी विदा तथा उपचार खर्चको लागि रकम भुक्तानी माग गर्ने |
१. रकम भुक्तानीका लागि राष्ट्रिय कितावखाना (शिक्षक) वाट प्राप्त पत्र, २. पेन्सन खाता बाहेक अन्य वैकको खाता नं खुल्ने चेकको फोटोकपि, ३. पान नं, ४. बैक खाता मार्फत रकम भुक्तानीका लागि सम्वन्धित शिक्षकको निवेदन, ५. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ६. पेन्सन पट्टाको फोटोकपि । |
तोकिएका कागजातहरु सहित निवेदन दिनुपर्ने । |
नलाग्ने |
राष्ट्रिय कितावखाना (शिक्षक) वाट रकमको अख्तियारी प्राप्त भएको १ हप्ताभित्र । |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
८ |
स्थायी शिक्षकको जिल्लान्तर सरुवा सहमति |
१. दुवै विद्यालयको विव्यसको निर्णय सहितको सहमतिपत्र, २. दुवै स्थानीय तहको सहमतिपत्र, ३. अनुसूची १७ वमोजिमको निवेदन, ४. स्थायी नियुक्ति र पदस्थापनाको पत्रको प्रतिलिपि, ५. सम्वन्धित शिक्षकको निवेदन |
फाइल तयार गरी पेश गर्नुपर्ने । |
जिल्ला शिक्षा समितिले तोके अनुसार |
२ वजे भित्रमा पेश भएमा पेश भएकै दिन र त्यसपछि पेश भएमा भोलिपल्ट कार्यालय समयभित्र |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
९ |
शिक्षकको सरुवा जिल्लाभित्र र जिल्लान्तर |
१. दुवै विद्यालयको विव्यसको निर्णय सहितको सहमतिपत्र, २ दुवै स्थानीय तहको सहमतिपत्र, ३ अनुसूची १७ वमोजिमको निवेदन, ४ स्थायी नियुक्ति र पदस्थापनाको पत्रको प्रतिलिपि, ५ जिल्लान्तर सरुवाको हकमा कार्यरत जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइको सरुवा सहमतिपत्र, ६ सम्वन्धित शिक्षकको निवेदन |
फाइल तयार गरी पेश गर्नुपर्ने । |
जिल्लान्तरको हकमा जिल्ला शिक्षा समिति तोके अनुसार । जिल्ला भित्र नलाग्ने । |
आवश्यक कागजात सहितको फाइल प्राप्त भएको ३ दिनभित्र |
विद्यालय प्रशासन शाखा |
५ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
१० |
SEE को लागि रजिष्टेशन फाराम भर्ने सम्बन्धी कार्य(कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको लागि) |
१. कक्षा ८ को मार्कसिट/ग्रेडसिटको प्रतिलिपि, २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, ३. राष्ट्रिय परीक्षा वोर्डको सूचना अनुसार रजिष्टेशन फाराम भरी तोकिए बमोजिमको राजश्व रकम जम्मा गरेको सक्कल भौचर सहित वुझाउने विदेशी विद्यालयवाट कक्षा ८ उत्तिर्ण गरेको प्रमाणपत्रको हकमा त्यस्तो प्रमाणपत्र सम्वन्धित देशको शिक्षा हेर्ने सरकारी अधिकारीले प्रमाणित गरेको हुनुपर्नेछ । |
विद्यालयले सवै विद्यार्थीको फाराम भराई तोकिएका कागजात संलग्न गरी फाइल पेश गर्नुपर्ने |
राष्ट्रिय परीक्षा वोडको सूचनामा तोकिए अनुसार |
NEB को सूचना अनुसार फाराम रुजु, विवरण इन्ट्री गरी रजिष्टेशन नं. सहितको विवरण विद्यालयलाई उपलब्ध हुने |
परीक्षा शाखा |
७ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
११ |
SEE को लागि आवेदन फाराम भर्ने सम्बन्धी कार्य(कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि) |
१. कक्षा ८ को मार्कसिट/ग्रेडसिटको प्रतिलिपि, २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, ३. कक्षा ९ को मार्कसिट/ग्रेडसिटको प्रतिलिपि, ४. रजिष्टेशनको अर्धकट्टीको प्रतिलिपि, ५. राष्ट्रिय परीक्षा वोडको सूचना अनुसार आवेदन फाराम भरी तोकिए बमोजिमको राजश्व रकम जम्मा गरेको सक्कल भौचर सहित पेश गर्नुपर्ने । |
विद्यालयले सवै विद्यार्थीको फाराम भराई तोकिएका कागजात संलग्न गरी फाइल पेश गर्नुपर्ने |
राष्ट्रिय परीक्षा वोडको सूचनामा तोकिए अनुसार |
NEB को सूचना अनुसार फाराम रुजु, विवरण इन्ट्री गरी सिंवोल नं. सहितको विवरण विद्यालयलाई उपलब्ध हुने |
परीक्षा शाखा |
७ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
१२ |
कक्षा ८ को प्रतिलिपि मार्कसिट दिने सम्बन्धी कार्य |
१. मार्कसिट हराएको व्यहोरा उल्लेख गरी प्रतिलिपि उपलब्ध गराइदिन विद्यालयले दिएको सिफारीस, २. तोकिएको दस्तुर जम्मा गरेको वैंक भौचर ३ सम्वन्धित विद्यार्थीको निवेदन । |
तोकिएका कागजात सहित निवेदन दिनुपर्ने तथा वैकमा रकम जम्मा गर्ने प्रयोजनका लागि बैक भौचरको नमुना यस इकाइको सुचनापाटीमा हेर्न सकिनेछ । |
नलाग्ने |
२ वजे भित्रमा पेश भएमा पेश भएकै दिन र त्यसपछि पेश भएमा भोलिपल्ट कार्यालय समयभित्र |
परीक्षा शाखा |
७ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
१३ |
प्रमाणपत्र प्रमाणित (Attested) |
१. सक्कल मार्कसिट/प्रमाणपत्र, २. विद्यालयको पत्र (लेजर /नतिजा तालिकाको फोटोकपि सहित), ३. तोकिएको दस्तुर जम्मा गरेको वैंक भौचर |
तोकिएका कागजात सहित निवेदन दिनुपर्ने तथा वैकमा रकम जम्मा गर्ने प्रयोजनका लागि बैक भौचरको नमुना यस इकाइको सुचनापाटीमा हेर्न सकिनेछ । |
नलाग्ने |
२ वजे भित्रमा पेश भएमा पेश भएकै दिन र त्यसपछि पेश भएमा भोलिपल्ट कार्यालय समयभित्र |
परीक्षा शाखा |
७ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
१४ |
SEE को ग्रेडसिट/ प्रमाणपत्रमा विवरण संसोधनका लागि सिफारीस |
१. ग्रेडसिट/ प्रमाणपत्रको प्रतिलिपि, २. रजिष्ट्रेशन / प्रवेशपत्रको सक्कल प्रति, ३. नागरिकता/जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, ४. विद्यालयले दिएको सिफारीस ५. विद्यार्थीको निवेदन, ६. जन्मदर्ताका आधारमा सच्याउन नतिजा प्रकाशन भएको ६ महिनाभित्र ७. नागरिकताको आधारमा सच्याउन २०७५ साल सम्ममा एसइइ समावेश भएको । |
तोकिएका कागजात सहित निवेदन दिनुपर्ने |
नलाग्ने |
पेश भएकै दिन |
परीक्षा शाखा |
७ |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
१५ |
अन्य सिफारिस तथा प्रमाणित गर्ने सम्वन्धी कार्यहरु |
कामको प्रकृति अनुसारका कागजातहरु |
तोकिएका कागजात सहित निवेदन दिनुपर्ने |
नलाग्ने |
पेश भएकै दिन |
कामसँग सम्वन्धित शाखा फाँट |
कामको प्रकृति अनुसार |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |
|
१६ |
तालुक मन्त्रालय ,विभाग, आयोग तथा निकायहरुवाट तोकिएका अन्य कार्यहरु |
परिपत्र, निर्देशन तथा सूचनामा तोकिए अनुसारका कागजातहरु र प्रकृया । |
परिपत्र, निर्देशन तथा सूचनामा तोकिए अनुसारका कागजातहरु र प्रकृया । |
परिपत्र, निर्देशन तथा सूचनामा तोकिए अनुसार |
परिपत्र, निर्देशन तथा सूचनामा तोकिए अनुसार |
कामसँग सम्वन्धित शाखा फाँट |
कामको प्रकृति अनुसार |
कार्यालय समयभित्र |
इकाइ प्रमुख |